जब उडिरहेको विमानबाट हजारौं किलो सुन खस्यो...
रुसमा एउटा विमानबाट हजारौं किलो सुनचाँदी रन वे मा खसेको छ । झण्डै ९ हजार किलो सुनको कच्चा पदार्थ बोकेको विमान साइबेरियाको युकुस्तक विमानस्थलमा तेल हाल्न अवतरण गरिएको थियो ।
तर तेल हालेर उड्ने बेलामा विमानका ढोका अचानक खुलेपछि हजारौं किलो सुन विमानस्थलमा असरल्ल छरिएको बेलायती सञ्चारमाध्यम द गार्जियनले जनाएको छ ।

भूर्इ छाड्ने बेलामा विमानभित्र रहेको सुन हल्लिएको र त्यसैको चापले ढोका खुल्दा सुन रन वे मै छरिएको रुसका अधिकारीले बताएका छन् । सुन खसेपछि विमानलाई आकस्मिक अवतरण गरिएको छ ।
प्रहरीले विमानस्थल कब्जामा लिएर सुन संकलन गरेको थियो । विमानबाट खसेको मध्ये थोरै सुन मात्रै हराएको एक मन्त्रीले रुसको समाचार संस्था तासलाई जानकारी दिएका छन् ।
Comments
Post a Comment