विश्वकप छनोट–नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौँ, चैत २ गते । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले साताँै स्थानका लागि शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ । 
जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत साताँै स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो । 
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । शनिबार नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनी पनि भिड्दैछन् ।  (रासस) 
Image may contain: 13 people, outdoor

Comments

Popular posts from this blog

चलचित्र सम्बन्धी जानकारी :: ************************

loksewa samasamaek

वस्तुगत प्रश्नोत्तर/विषयगत प्रश्नोत्तर