मन्त्रालय थपेपछि प्रधानमन्त्री ओली आलोचित काठमाडौं,

मन्त्रालय थपेपछि प्रधानमन्त्री ओली आलोचित काठमाडौं, 

 – प्रधानमन्त्री केपी ओलीले मधेशवादी दललाई सरकारमा सहभागी गराउन ३ मन्त्रालय थप गर्नुभएको छ ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई भाग पु¥याउन प्रधानमन्त्री ओलीले मन्त्रालयको संख्या थप गर्नु भएको हो । संघीय प्रशासनिक भार बढ्ने भन्दै मन्त्रालयको संख्या घटाएर १८ मन्त्रालय कायम गरेको २२ दिनमै मन्त्रालयको संख्या फेरबदल भएपछि ओली सरकारको आलोचना हुन थालेको छ ।
२५ सदस्यसम्म मन्त्रिपरिषद विस्तार गर्न सकिने संवैधानिक व्यवस्था छ । यसअघि कायम गरिएको १८ मन्त्रालयलाई बढाएर शुक्रबार २१ मन्त्रालय बनाइएको छ । काशीराज दाहाल नेतृत्वको संघीय प्रशासनिक पुर्नसंरचना समितिले मन्त्रालयको संख्या प्रधानमन्त्री कार्यालयसहित १५ वटा बनाउन सरकारलाई सुझाव दिएको थियो ।
दलहरुले भागबण्डा पुर्‍याउनका लागि मन्त्रालयको संख्या थप गरेर राज्यलाई भार बढाएको भन्दै विरोधका स्वरहरु पनि सुनिन थालेका छन् ।सुविधाजनक बहुमत हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले दुईतिहाइ पुर्‍याउने दाउमा मन्त्रालयको संख्या थप्नु राजनीतिक स्वार्थ मात्र भएको आरोप लागेको छ । यसले कुर्सीमा पुगेपछि भागबण्डा गरेर खाने नेपाली राजनीतिको पूर्व अभ्यासको झल्को दिएको छ ।
विकासप्रेमी नेता भनेर चिनिने प्रधानमन्त्री ओलीको पछिल्लो कार्यले उहाँमाथि जनताले गरेको आशा निराशामा परिणत हुने सम्भावना बढेर गएको छ । प्रधानमन्त्री ओलीले महिना दिन नबित्दै बोलेको कुरा फेरेपछि उहाँ माथि जनताले आशंका व्यक्त गर्न थालेका छन् ।
यसअघि प्रधानमन्त्री हुँदा ओलीले ६ जना उपप्रधानमन्त्री बनाएको भन्दै आलोचना खेप्नु परेको थियो । यस्तै शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि ६४ सदस्य मन्त्रिमण्डल गठन गरेर इतिहासै कायम गरेको थियो ।
 

Comments

Popular posts from this blog

चलचित्र सम्बन्धी जानकारी :: ************************

loksewa samasamaek

वस्तुगत प्रश्नोत्तर/विषयगत प्रश्नोत्तर